नियम २१
वायुयान वाहिर पठाउँदाको उडान योग्यताको प्रमाणपत्र (एक्सपोर्ट सर्टिफिकेट अफ एअर वर्दिनेश)

(१) नेपाल अधिराज्यमा कुनै व्यक्ति वा संस्थाको नाउँमा दर्ता भएको वा भाडामा ल्याई सञ्चालन गरिएको वायुयान चलाउन नसकिने गरी नासिएमा बाहेक नेपाल अधिराज्यमा उडान तथा सञ्चालन नगर्ने गरी स्थायी रुपबाट कुनै वायुयान स्वदेश वाहिर पठाउने भएमा वा नियम १३ बमोजिम वायुयानको दर्ता खारेज भएको अवस्थामा त्यस्तो वायुयानको धनीले वा त्यस्तो वायुयान भाडामा ल्याई सञ्चालन गर्ने व्यक्ति वा संस्थाले सो वायुयान बाहिर पठाउँदाको उडान योग्यताको प्रमाणपत्र (एक्सपोर्ट सर्टिफिकेट अफ एअर वर्दिनेश) को लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भएको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी नेपाल सरकार र प्राधिकरणलाई बुझाउनु पर्ने रकम बुझाएको देखिएमा एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा त्यस्तो वायुयानलाई बाहिर पठाउँदाको उडान योग्यताको प्रमाणपत्र (एक्सपोर्ट सर्टिफिकेट अफ एअर वर्दिनेश) दिइनेछ ।
(३) वायुयानलाई बाहिर पठाउँदाको उडान योग्यताको प्रमाणपत्र (एक्सपोर्ट सर्टिफिकेट अफ एअर वर्दिनेश) दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।