नियम ४५
वायुयान सिमुलेटर अनुमति
ः
(१) नियम ४२ बमोजिम अनुमतिपत्र प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाले फ्लाईट सिमुलेटर सञ्चालन गर्न चाहेमा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा त्यस्तो हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थालाई वायुयान सिमुलेटर सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।
(३) हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थालाई वायुयान सिमुलेटर सञ्चालन गर्ने अनुमतिपत्र दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
(४) कुनै व्यक्ति वा संस्थाले उडान सम्बन्धी विदेशी प्रशिक्षण केन्द्र वा सिमुलेटरमा प्रशिक्षण लिन चाहेमा अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(५) उपनियम (४) अनुसारको दरखास्त परेपछि महानिर्देशकले त्यस्तो केन्द्र वा सिमुलेटरको सम्भव भएसम्म स्तरियता परीक्षण गरी अनुमति दिन सक्नेछ ।