नियम १३
वायुयानको दर्ता खारेजी

(१) नेपाल अधिराज्यमा कुनै व्यक्ति वा संस्थाको नाउँमा दर्ता भएको वा भाडामा ल्याई सञ्चालन गरिएको वायुयान चलाउन नसकिने गरी नासिएमा वा नेपाल अधिराज्यमा सञ्चालन नगर्ने गरी स्थायी रुपबाट कुनै किसिमबाट स्वदेश वाहिर पठाउने भएमा वा विक्री वितरण गरेमा त्यस्तो वायुयानको धनीले वा त्यस्तो वायुयान भाडामा ल्याई सञ्चालन गर्ने व्यक्ति वा संस्थाले सो वायुयान दर्ता खारेजीको लागि वायुयानको दर्ता प्रमाणपत्र समेत संलग्न राखी एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने वाँकी वक्यौता बुझाएको देखिएमा गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा
उल्लिखित व्यवस्थाहरुको अधिनमा रही वायुयान दर्ता किताबबाट सो वायुयानको दर्ता खारेज
गरी सम्बन्धित वायुयानको दर्ता प्रमाणपत्र समेत खारेज गरीदिनु पर्नेछ ।