नियम २३
वायुयानको मर्मत तथा संभार

(१) नियम २२ बमोजिम वायुयानको नियमित मर्मत तथा संभार गराउनु पर्ने अवस्थामा बाहेक सुरक्षाको दृष्टिकोणले कुनै वायुयानको आकष्मिक मर्मत तथा संभार गराउन वा त्यस्को कुनै पार्टपुर्जा फेर्न महानिर्देशकले आवश्यक देखेमा सम्बन्धित वायुयानको धनी, वायु सेवा सञ्चालक संस्था वा सम्बन्धित मर्मत तथा संभार ईन्जिनियरलाई आवश्यक आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिईएको आदेश बमोजिम वायुयानको मर्मत तथा संभार नगरी वा पार्टपूर्जा नफेरी त्यस्तो वायुयान उडान गर्नु हुँदैन ।
(३) उपनियम (१) र (२) बमोजिम वायुयानको मर्मत तथा संभार गर्ने तरिका एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।