नियम ४
वायुसेवा संचालन अनुमति तथा प्रमाणपत्र
ः
(१) प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त वायुसेवा सञ्चालन संस्थाले वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र लिन चाहेमा एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढांचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा महानिर्देशकले त्यस्तो दरखास्त उपर आवश्यक जाँचबुझ गरी गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित अन्य व्यवस्थाहरुको अधिनमा रही दरखास्तवालालाई एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गर्दा महानिर्देशकले वायुसेवा सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यकतानुसारको शर्तहरु तोक्न सक्नेछ ।
(४) उपनियम (१), (२) र (३) बमोजिम वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्रको लागि दरखास्त दिने, वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र दिने तथा वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र दिंदा शर्त तोक्ने सम्बन्धी अन्य कार्यविधि एनेक्स
तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।