दफा ११३
वारेस वा कानून व्यवसायीलाई म्याद तामेल गर्न सकिने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई तामेल गर्नु पर्ने म्याद बुझिलिननिजबाटकानून बमोजिम वारिस वा कानून व्यवसायी नियुक्त भएको रहेछ भने त्यस्तो म्याद सो वारिस वा कानून व्यवसायीलाईतामेलगर्न सकिनेछ ।
(२) दफा १०६ को उपदफा (१) को खण्ड (ग) वा (घ) र यस दफा बमोजिम वारिस वा कानून व्यवसायीलाई म्याद तामेल गर्दाअनुसूची–८बमोजिमको ढाँचामा भरपाई गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पक्षको वारिस वा कानून व्यवसायीलाई वा अधिकृत वारिस नियुक्त भएको मुद्दामा सम्बन्धितअधिकृतवारिसलाई म्याद बुझाएमा वा तामेल गरेमा यस परिच्छेद बमोजिम रीतपूर्वक म्याद बुझाएको वा तामेल गरेको मानिनेछ।