दफा ५५
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
(१) कोषले सामाजिक सुरक्षामा भएको खर्च, लाभान्वित समूहको
विवरणसहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र मन्त्रालय समक्ष
पेश गर्नु गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदनमा रहनेविवरण तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन मन्त्रालयलेसार्वजनिक गर्नेछ ।