नियम ५३
वार्षिक प्रतिवेदन र रेखदेख
(१) प्रत्येक कार्यालयले गत आर्थिक वर्षको मौज्दात, चालू आर्थिक वर्षमा खरिद गरेको तथा हस्तान्तरण भई आएको मालसामान र वस्तुगत सहायताको रूपमा प्राप्त भएको मालसामान समेत उल्लेख गरी कुल जिन्सी मालसामानको परिमाण र मूल्य, चालू आर्थिक वर्षमा लिलाम, मिन्हा, हस्तान्तरण भई खर्च भएको परिमाण र मूल्य बाँकी जिन्सी मालसामान मध्ये साबूत, मर्मत सम्भार, लिलाम, मिन्हा गर्नु पर्ने मालसामानको परिमाण समेत खुलाई आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालय, विभाग र कोष तथा लेखा नियन्त्रक कार्यालयमा एक एक प्रति पठाउनु पर्नेछ । यस्तो प्रतिवेदन प्राप्त भए पछि सम्बन्धित मन्त्रालय र विभागले अध्ययन र जा“चबुझ गरी आवश्यक निर्देशन दिनु पर्नेछ ।
(२) कुनै कार्यालय खारेज वा गाभ्ने निर्णय भएमा यसरी निर्णय भएको पैतीसौं दिनमा कार्यालय खारेज भएको मानिने छ । उक्त अवधिभित्रमा सो कार्यालय कायम रहेकोे दिनसम्मको जिन्सी मालसामानको मौज्दात र मर्मत सम्भार, लिलाम, मिन्हा गर्नु पर्ने
मालसामानको परिमाण र मूल्य समेत खुलाई त्यस्तो कार्यालय खारेज भएको वा गाभिएको मितिले पैंतीस दिन भित्र प्रतिवेदन तयार गरी वा गर्न लगाई सम्बन्धित मन्त्रालय वा विभागले त्यस्तो मालसामानको जिम्मा लिने दिने व्यवस्था मिलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनबाट वा अन्य कुनै स्रोतबाट जिन्सी मालसामानको लगत नराखेको, मर्मत सम्भार, लिलाम, मिन्हा, बरबुझारथ नगरेको देखिएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले त्यस्तो जिन्सी मालसामानको निरीक्षण गर्न सक्नेछ । त्यस्तो निरीक्षणको प्रतिवेदन सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग र महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त हुन आएको प्रतिवेदनबाट वा अन्य कुनै स्रोतबाट कुनै कार्यालयमा जिन्सी मालसामान सम्बन्धी अनियमितता देखिएमा मन्त्रालयको भए मन्त्रालय आफैंले र विभाग वा अन्तर्गत कार्यालयको भए सम्बन्धित विभागीय प्रमुखले आवश्यक कारबाही गरी जिन्सी मालसामानको लगत राख्न, मर्मत, सम्भार तथा संरक्षण गर्न लगाउनु पर्नेछ । विभागीय प्रमुखले गरेको यस्तो कारबाहीको जानकारी सम्बन्धित मन्त्रालयलाई दिनु पर्नेछ ।