दफा ९१
वार्षिक प्रतिवेदन
(१) बैंकले वासलात, आय व्यय र सो संग सम्बन्धित विवरण समेत खुलाई प्रत्येक आर्थिक वर्षको लागि वार्षिक प्रतिवेदन तयार गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको वार्षिक प्रतिवेदन बैंकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारमा पेश गर्नेछ ।