नियम ९१
वार्षिक प्रतिवेदन
(१) परिषद्ले बाल अधिकार सम्बन्धी व्यवस्था, प्रदेश बाल अधिकार समिति (र स्थानीय बाल अधिकार समितिको वार्षिक प्रतिवेदन समेतको आधारमा बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन मन्त्रालयको स्वीकृति लिई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्नु पर्नेछ ।

(२) प्रदेश बाल अधिकार समितिले बाल अधिकार सम्बन्धी व्यवस्था, सम्बन्धित प्रदेशभित्रका स्थानीय बाल अधिकार समितिको: वार्षिक प्रतिवेदन समेतको आधारमा बालबालिका सम्बन्धी प्रदेशस्तरीय वार्षिक प्रतिवेदन प्रदेशको बालबालिका सम्बन्धी विषय हेर्ने मन्त्रालयको स्वीकृति लिई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पैंतालिस दिनभित्र सार्वजनिक गर्नु पर्नेछ ।

(३) स्थानीय बाल अधिकार समितिले सम्बन्धित स्थानीय तहमा बालबालिका तथा बाल अधिकारको अवस्था समेट्ने गरी बालबालिका सम्बन्धी स्थानीय प्रतिवेदन सम्बन्धित स्थानीय कार्यपालिकाको स्वीकृति लिई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीस दिनभित्र सार्वजनिक गर्नु पर्नेछ।