नियम ४६
वार्षिक प्रतिवेदन
(१) ऐनको दफा ४० बमोजिम मन्त्रालयले वार्षिक प्रतिवेदन तयार गर्दा अनुसूची-२१ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा औँल्याइएका सुझाव तथा सिफारिस सोको प्राथमिकता र अनिवार्यताका आधारमा सम्बद्ध निकायले कार्यान्वयन गर्नु पर्नेछ ।