दफा ३२
विदेशस्थित बैङ्कमा खाता खोल्दा स्वीकृति लिनु पर्ने
(१) कुनै पनि पदाधिकारीवा नेपाल सरकारको सेवामा कार्यरत कर्मचारीले तोकिए बमोजिमको अवस्थामाबाहेक अन्य अवस्थामा विदेशस्थित बैङ्कमा खाता खोल्नु पर्दा नेपाल सरकारकोपूर्वस्वीकृति लिनुपर्नेछ ।
(२) विदेशस्थित बैङ्कमा खाता खोल्नु पर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनेसम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।