दफा ४९
विदेशी नागरिकलाई काममा लगाउने अधिकार
: (१) ठेकेदार वा निजको कटकेन्दारले आवश्यक पदहरू पूर्ति गर्न योग्य नेपाली नागरिकहरू पाउन नसकेको हदसम्म योग्य विदेशी नागरिकहरूलाई काममा लगाउन सक्नेछ । नेपाल सरकारले विभागको सिफारिशमा विदेशी नागरिकलाई काममा लगाउन चाहिने अनुमति र सम्बन्धित विदेशी नागरिक र निजको परिवारको सदस्यलाई नेपालमा रहन चाहिने प्रवेशाज्ञा (भिसा) प्रदान गर्नेछ ।
(२) पेट्रोलियम कार्यमा संलग्न कुनै विदेशी नागरिक वा निजको परिवारका सदस्यले देशको हितको विरुद्ध कुनै काम गरेमा विभागले त्यस्तो व्यक्तिलाई देश छाड्न लगाउन ठेकेदारलाई आदेश दिन सक्नेछ ।
(२) पेट्रोलियम कार्यमा संलग्न कुनै विदेशी नागरिक वा निजको परिवारका सदस्यले देशको हितको विरुद्ध कुनै काम गरेमा विभागले त्यस्तो व्यक्तिलाई देश छाड्न लगाउन ठेकेदारलाई आदेश दिन सक्नेछ ।