नियम ८
विदेशी मुद्रा जम्मा गर्नु पर्ने
(१) नियम ७ बमोजिम स्वीकृति प्राप्त परियोजनाले विदेशी लगानी स्वरुप प्राप्त हुने विदेशी मुद्रा जम्मा गर्न बैङ्कमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि बैङ्कले निवेदकलाई विदेशी मुद्रा जम्मा गर्न बैङ्क खाता उपलब्ध गराउनेछ ।
(३) उपनियम (२) बमोजिम बैङ्कले उपलब्ध गराएको खातामा लगानीकर्ताले बैङ्कले तोकेको अवधिभित्र विदेशी मुद्रा जम्मा गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको खातामा विदेशी मुद्रा जम्मा भएपछि बैङ्कले त्यस्तो विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनिमय दर अनुसार नेपाली मुद्रामा परिवर्तन गरी परियोजनाको नाममा रहेको कुनै वाणिज्य बैङ्कको खातामा त्यस्तो परिवत्र्य नेपाली मुद्रा जम्मा गरिदिनेछ ।