दफा ६३
विदेशी विनिमय व्यवस्थापन
विदेशी विनिमयको व्यवस्थापन बैंकले गर्नेछ । यस्तो व्यवस्थापन गर्न बैंकलाई देहाय बमोजिमको अधिकार हुनेछः– (क) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई यस ऐन वा अन्य प्रचलित कानूनको अधीनमा रही इजाजतपत्र जारी गर्ने । (ख) इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने । (ग) इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने । (घ) ईजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने । (ङ) नेपाली रुपैयाँको विदेशी विनिमय दर निर्धारण पद्धती तोक्ने ।