दफा ६५
विदेशी विनिमयको कारोबार
(१) बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद वा बिक्री गर्न सक्नेछ । (२) बंैकले उपदफा (१) बमोजिम गर्ने खरीद बिक्री स्पट, अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण, नगद वा कुनै पनि विनिमेय अधिकारपत्रको माध्यमबाट गर्न सक्नेछ । (३) बैंकले दफा ६६ को उपदफा (१) को प्रयोजनको लागि विदेशी विनिमय खरिद वा बिक्री गर्न सक्नेछ । त्यस्तो खरिद, बिक्री स्पट, अग्रिम विनिमयदर, स्वाप, अप्सन वा यस्तै अन्य उपकरणको आधारमा समेत गर्न सक्नेछ । (४) बैंकले विदेशी मुद्राहरुको खरिद बिक्री दर कायम गरी कारोबार गर्नेछ । यसरी कारोबार गर्दा गरिने कारोबारको आधार, सीमा तथा शर्त बैंकले तोके बमोजिम हुनेछ ।