नियम २८
विद्युतीय सामग्रीको प्रयोग
(१) बाल सुधार गृहमा मनोरञ्जनका लागि टेलिभिजन वा इन्टरनेट प्रयोग गर्दा बाल सुधार गृहले तोकेको समय र स्थानमा मात्र प्रयोग गर्न दिने व्यवस्था गर्नु पर्नेछ ।

(२) बाल सुधार गृहले उपनियम (१) बमोजिमको सामग्रीबाट वर्गीकरण गरिएका चेतनामूलक, ज्ञानमूलक विषय हेर्ने तथा खेल्ने व्यवस्था गर्नु पर्नेछ ।

(३) बाल सुधार गृहको परिसरभित्र नेपाल सरकारले निषेध गरेका र अश्चिल सामग्री निषेध गर्ने प्राविधिक व्यवस्था गर्नु पर्नेछ ।

(४) बाल सुधार गृहले मनोरञ्जनका लागि विद्युतीय सामग्री प्रयोग गर्दा हुनसक्ने शारीरिक, मनोवैज्ञानिक र सामाजिक प्रभाव, जोखिम र असरको सम्बन्धमा बालबालिकालाई जानकारी गराउनु पर्नेछ।