नियम १६
विधेयक वा अध्यादेशसम्बन्धी कार्यविधि
(१) नेपाल सरकारबाट प्रस्तुत हुने विधेयक वा जारी हुने अध्यादेशको
हकमा नियम ९ को उपनियम (१) वा (२) बमोजिम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय प्राप्त
गरिसकेपछि विधेयक वा अध्यादेशको सिद्धान्त स्वीकृतिको लागि अवधारणपत्र सहित मन्त्रिपरिषद्मा प्रस्ताव पेश
गर्नु पर्नेछ ।
तर प्रचलित कुनै नेपाल ऐनमा संशोधनको कारबाही गर्दा सिद्धान्त र मस्यौदा दुवैको स्वीकृतिको लागि
मस्यौदा सहित एकै पटक प्रस्ताव पेश गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको प्रस्तावमा मन्त्रिपरिषद्को स्वीकृति प्राप्त भएपछि कानून,
न्याय तथा संसदीय मामिला मन्त्रालयले सोबमोजिम विधेयक वा अध्यादेशको मस्यौदा तयार गर्नु पर्नेछ र सो
मस्यौदा स्वीकृतिको लागि सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा पुन पेश गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश भएको विधेयकको मस्यौदामा मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि
व्यवस्थापिका–संसदको अधिवेशन चलिरहेको अवस्थामा सम्बन्धित मन्त्रालयले कानून, न्याय तथा संसदीय
मामिला मन्त्रालयमार्फत व्यवस्थापिका–संसद सचिवालयमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पाएको विधेयक सम्बन्धित मन्त्रीले व्यवस्थापिका–संसदमा पेश गर्नु
पर्नेछ ।
(५) संविधान बमोजिम अध्यादेश जारी गर्नु पर्ने अवस्थामा सम्बन्धित मन्त्रालयले कानून, न्याय तथा
संसदीय मामिला मन्त्रालयमा पठाउनु पर्नेछ ।