दफा ५
विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा
(१) दफा ४ बमोजिम नेपाल सरकारबाट सिद्धान्त स्वीकृति प्राप्त भएपछि वा त्यस्तो स्वीकृति आवश्यक नपर्ने विषयमा कुनै ऐनमा संशोधन गर्नु पर्ने विषयहरू पहिचान भएपछि सम्बन्धित मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा गर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा गर्न नेपाल कानून आयोगलाई अनुरोध गर्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा गर्न नेपाल कानून आयोगलाई अनुरोध गर्न सक्नेछ।