दफा २८३
विभागीय कारबाही गर्न आदेश दिने

(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक यस संहिता बमोजिमको कार्य सम्पादन गर्नु पर्नेदायित्व भएको कुनै कर्मचारीले यस संहितामानिर्धारण भएको अवधिभित्र कुनै कार्य सम्पादन नगरेमा मर्का पर्ने पक्षले निजको विरुद्धमा सम्बन्धित अदालतकोन्यायाधीश समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजुरी परेकोमा त्यस्ता कर्मचारीलाई बुझ्दा मनासिब कारण बिना निजले गर्नु पर्ने काम समयमैसम्पादन गरेको नदेखिएमा न्यायाधीशले निजलाई विभागीय कारबाही गर्न आदेश दिन सक्नेछ ।