नियम
विभागीय कारवाई र सजाय

(१) नियम ४ को उपनियम (१) बमोजिम इलाका माल अड्डामा पठाउनुपर्ने लगत म्यादभित्र नपठाउने वा पठाउन हेलचक्रयाई गर्ने जिमिदार
पटवारीलाई इलाका माल अड्डाको हाकिमले दुई सय रुपैया“सम्म जरिवाना गर्न सक्छ र त्यति गर्दा पनि काम तामेल नगर्ने जिमिदार पटवारीलाई नेपाल सरकारले खोस्न सक्छ ।
(२) नियम ४ को उपनियम (२) बमोजिम लगत फा“ट अड्डामा पठाउनु पर्ने लगत म्यादभित्र नपठाउने वा पठाउन हेलचक्र्याई गर्ने माल अड्डाको हाकिमलाई निजामती सेवा नियमावली बमोजिम कारवाई र सजाय गर्न सकिनेछ ।।
द्रष्टव्य ः केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू ः “गजेट” र “रिपोर्ट” को सट्टा “राजपत्र” र “प्रतिवेदन” ।