दफा ७५
विभागीय सजाय दिने अधिकारी
(१) दफा ७२ को खण्ड (क) बमोजिमको सजायको आदेश दिने अधिकार तोकिए अधिकारीलाई हुनेछ ।
(२) दफा ७२ को खण्ड (ख) बमोजिम सजायको आदेश दिने अधिकार देहायको अधिकारी वा निकायलाई हुनेछः–
(क) एघारौं तह र सोभन्दा माथिको तहको पदमा कार्यरत  कर्मचारीलाई – नेपाल सरकार, मन्त्रिपरिषद्
(ख) छैठौं, सातौं, आठौं, नवौं  र दशौं तहको पदमा कार्यरत कर्मचारीलाई – मन्त्रालयको सचिव
(ग) चौथो र पाँचौं तहको पदमा कार्यरत  कर्मचारीलाई – सम्बन्धित विभागीय/कार्यालय प्रमुख