नियम ५७
विमानस्थल सञ्चालन तथा उडान अनुमति सम्बन्धी व्यवस्था
ः
(१) एनेक्स, म्यानुअल तथा डाइरेक्टिभ्स्मा उल्लेख भए बमोजिम विमानस्थल खुल्ला राखी हवाई अपरेशन सेवा उपलब्ध गरिनेछ ।
(२) एनेक्स, म्यानुअल तथा डाइरेक्टिभ्स्मा निर्दिष्ट गरिएको समय बाहिर विमानस्थल खुल्ला राखी हवाई अपरेशन सेवा चाहने सम्बन्धित वायुयान धनी वा वायुसेवा सञ्चालन संस्थाले आवश्यक विवरण खुलाई महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दरखास्त परेपछि महानिर्देशकले वायुयानको प्राविधिक पक्ष, विमानस्थल र विमानस्थलको सुविधा समेतलाई विचार गरी आवश्यक शर्तहरु र प्रचलित कानूनमा उल्लेख भएको शुल्क वाहेक विमानस्थल प्रयोग गर्दा खर्च हुन आउने रकम समेत तोकी अपरेशन सेवा सञ्चालन अनुमति दिन सक्नेछ ।
(४) द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौता भई सञ्चालन हुने नियमित सञ्चालन हुने स्वदेशी विमान सेवाहरुलाई रुट सेक्टर तथा फ्रिक्वन्सी प्राधिकरणबाट समय समयमा तोके बमोजिम हुनेछ ।