दफा १३२
विवरण उपलब्ध गराउनु पर्ने
(१) प्राधिकरणले यस ऐन बमोजिम इजाजतपत्र लिएका बीमक तथा बीमा मध्यस्थकर्ताको विवरण प्रदेशको सम्बन्धित निकायलाई उपलव्ध गराउनु पर्नेछ।

(२) बीमकले प्रत्येक प्रदेशमा खोलिएको कार्यालय तथा आफूसँग सम्बन्धित बीमा मध्यस्थकर्ताको विवरण प्रदेशको सम्बन्धित निकायलाई उपलव्ध गराउनु पर्नेछ।