दफा ७३
विवरण उपलब्ध गराउनु पर्ने
: (१) सहकारी संस्थाले प्रत्येक वर्ष देहायका विवरणहरू सहितको प्रतिवेदन तोकिएको समयभित्र रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीसमक्ष पेश गर्नु पर्नेछ :–
(क)  कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन,
(ख)  वार्षिक कार्यक्रम नीति तथा योजना,
(ग)  खुद बचत सम्बन्धी नीति तथा योजना,
(घ)  सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची,
(ङ)  साधारण सभाको बैठक सम्बन्धी जानकारी,
(च)  शेयर सदस्य सङ्ख्या र शेयरपूँजी,
(छ)  सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम,
(ज)  रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले समय समयमा तोकिदिएको अन्य विवरण ।
(२) सहकारी बैङ्कले उपदफा (१) बमोजिमको प्रतिवेदन तोकिएको अवधिभित्र नेपाल राष्ट्र बैङ्कमा समेत पेश गर्नु पर्नेछ।