नियम
विवरण दाखिल गर्ने
(१) घर जग्गा धनीले ऐनको दफा ५ बमोजिम घर जग्गा बहालमा दिएमा त्यस्तो घर जग्गाको बिवरण अनुसूची १ बमोजिमको ढाँचामा भरी दाखिल गर्नुपर्छ ।
(२) बहालमा दिइराखेको घर जग्गा खाली हुन आएमा वा अर्को व्यक्तिलाई बहालमा दिएमा वा लिखतमा हेरफेर भएमा भएको व्यहोरा स्पष्ट खुलाई त्यसको बिवरण सम्बन्धित कर अधिकृत कहाँ दिनु पर्छ ।
(३) ऐनको दफा ५ को उपदफा (३) बमोजिम घर जग्गा धनीले बिवरण दाखिल गर्दा अनुसूची २ बमोजिमको ढाँचामा भरी बिवरण दाखिल गर्नुपर्छ ।