दफा २८
विवरण पठाउनु पर्ने
: (१) यस परिच्छेद बमोजिम अभिलेख गरिएको सञ्चार सम्बन्धी विवरण अभिलेख गर्ने अनुमति वा आदेश प्राप्त गरेको अधिकारीले दफा २५ बमोजिमको अभिलेखको हकमा प्रत्येक दुई महिनामा र दफा २६ बमोजिमको अभिलेखको हकमा प्रत्येक पन्ध्र दिनमा अधिकारप्राप्त अधिकारी समक्ष निजले तोकिदिए बमोजिम पेश गर्नु पर्नेछ ।
(२) यस परिच्छेद बमोजिम सञ्चार अभिलेख गर्ने अनुमति प्राप्त अधिकारीले सञ्चार अभिलेखको कार्य समाप्त भएको वा त्यस्तो अनुमतिको अवधि समाप्त भएको मितिमध्ये जुन पहिले हुन्छ सो मितिले पन्ध्र दिनभित्र त्यस्तो अभिलेख अधिकारप्राप्त अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त भएको अभिलेख अधिकारप्राप्त अधिकारीले सिलबन्दी गरी सुरक्षित रुपमा राख्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सिलबन्दी अभिलेख अदालतमा मुद्दा दायर गर्दाका बखत पेश गर्नु पर्नेछ र अदालतको आदेश बमोजिम सम्बन्धित अदालत वा प्रहरी कार्यालयमा राख्नु पर्नेछ ।