नियम ३४
विवरण पेश गर्नु पर्ने
(१) ऐनको दफा ३१ वा ३५ बमोजिम परियोजना कार्यान्वयन गर्न समझदारी भएकोमा समझदारीपत्रमा उल्लिखित अवधिभित्र प्रस्तावकले परियोजना कार्यान्वयन गर्न देहायका विवरण सम्बन्धित निकायमा पेश गर्नु पर्नेछः-
(क) परियोजनाको सम्भाव्यता अध्ययन,
(ख) परियोजनाको अनुमानित लागत,
(ग) परियोजनाको प्रस्तावित वित्तीय स्रोत,
(घ) परियोजना कार्यान्वयनको व्यावसायिक योजना,
(ङ) परियोजनाको वातावरणीय अध्ययन प्रतिवेदन,
(च) परियोजना कार्यान्वयन भएपछि त्यसका उपभोक्ताबाट असुल गर्ने अनुमानित महसुलको विवरण,
(छ) परियोजना कार्यान्वयन पश्चात नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी वा शुल्कको अनुमानित विवरण,
(ज) परियोजनाको प्राविधिक डिजाइन र त्यसको दिगोपना,
(झ) समझदारीपत्रमा कुनै कुरा उल्लेख भएकोमा सो कुरा ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र विवरण पेश गर्न नसकेको मनासिब कारण खुलाई प्रस्तावकले अवधि थपको लागि सम्बन्धित निकाय समक्ष अनुरोध गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम अनुरोध भई आएमा सम्बन्धित निकायले त्यस्तो विवरण पेश गर्न बढीमा तीस दिनसम्म अवधि थप गर्न सक्नेछ ।