दफा ७
विवरण माग गर्न सक्ने
(१) दफा ६ मा उल्लेख भए बमोजिमका काम, कर्तव्यको सिलसिलामा आयोगले कुनै विश्वविद्यालय वा सो अन्तर्गत सञ्चालन भएका शैक्षिक संस्थाको आर्थिक कारोवार, मौजुदा कोष, शैक्षिक कार्यक्रम, पाठ्यक्रम वा अन्य क्रियाकलाप सम्बन्धमा आवश्यक विवरण माग गर्न सक्नेछ र त्यस्तो विवरण उपलव्ध गराउनु सम्बन्धित विश्वविद्यालयको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको विवरणका सम्बन्धमा कुनै विश्वविद्यालय वा सो अन्तर्गत सञ्चालन भएका शैक्षिक संस्थाको निरीक्षण गर्नु परेमा आवश्यकता अनुसार आयोगले निरीक्षण गर्न गराउन सक्नेछ र त्यस्तो निरीक्षण गर्न आउने व्यक्तिलाई आवश्यक सहयोग गर्नु सम्बन्धित विश्वविद्यालयको कर्तव्य हुनेछ ।