दफा १९ख
विवरण माग्न सक्ने
(१) यस ऐनले उद्देश्य पूरा गर्नको लागि अनुसन्धान तथा तहकिकात गर्ने निकायले कुनै लिखत, खाताको विवरण वा अन्य विवरण प्राप्त गर्न वा जाँच्न आवश्यक छ भन्ने लागेमा र अनुसन्धान तथा तहकिकातसँग सम्बन्धित लिखत, खाताको विवरण वा अन्य विवरण कुनै व्यक्ति वा संस्थासँग छ वा सो व्यक्ति वा संस्थाले प्राप्त गरी पेश गर्न सक्छ भन्ने लागेमा अनुसन्धान तथा तहकिकात गर्ने निकायले त्यस्तो व्यक्ति वा संस्थालाई त्यस्तो लिखत, खाताको विवरण तथा अन्य विवरण पेश गर्न अनुरोध गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने निकायले माग गरेको लिखत, खाताको विवरण वा अन्य विवरण उपलब्ध गराउनु सम्बन्धित व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ ।