दफा १०
विवरण सम्बन्धी पाना
मुख्य किताबमा समाविष्ट भागको विवरण सम्बन्धी पाना खण्डमा
सम्बन्धित पानी जहाजको देहायका विवरणहरु अभिलिखित हुनेछ ः–
(क) चालन शक्ति (मोटिभ पावर) (जस्तो कि पाल, वाफ, टर्वाईन, डिजेल, डिजेल–
विद्युत आदि) अनुसारको पानी जहाजको किसिम,
(ख) दर्ता गरिएको ठाउँ,
(ग) डेक, मस्तूल (मास्ट) र फनेलको संख्या,
(घ) ग्रस र नेट रजिष्टर टनेज,
(ङ) पानी जहाजको प्रकार र त्यसलाई काममा लगाइने उद्देश्य,
(च) के वस्तुले बनेको हो सो कुरा (जस्तो कि काठ, कंक्रीट, फलाम, इस्पात वा
मिश्रित),
(छ) मुख्य आयामहरु (प्रिन्सिपल डाइमेन्शन्स) (मुख्य डेकमा स्टेनदेखि स्र्टन पोष्टसम्म
नाप्दा हुन आउने पूरा लम्बाई, सत्तरीको चौडाई, पींधदेखि मुख्य डेकसम्मको
उँचाई),
(ज) चालन शक्तिका विवरण (इञ्जीनहरुको संख्या र प्रकार, सिलिण्डरको संख्या, हर्स
पावर, ब्वायलरको संख्या र प्रकार, इञ्जिन निर्माताको नाम र बनेको साल),
(झ) पानी जहाज निर्माताको नाम, र पानी जहाज बनेको ठाउँ र पानीमा उत्रेको
साल,
(ञ) ग्रिस्म भार रेखाले देखाउने भारवहन क्षमता (ड्राफ्ट अन दि समर लोड लाइन),
(ट) ग्रिस्म भार रेखा (समर लोड लाइन) मा कूल वजन क्षमता (डेढ वेट क्यापासिटी),
(ठ) इञ्च र सेण्टीमीटरमा व्यक्त गरिएको समर लोड लाइनबाट फ्री बोर्ड,
(ड) वालास्टमा र पूरा भार लादिएको अवस्थामा पानी जहाजको अधिकतम गति,
(ढ) राख्न सकिने यात्रुको संख्या,
(ण) नौपरिवहनको सुरक्षाको निमित्त आवश्यक नाविक र कर्मचारीहरुको न्यूनतम
संख्या,
(त) अघि कहीं दर्ता गरिएको भए दर्ता गरिएको ठाउँ तथा अघिको राष्ट्रियता,
(थ) हालको दर्ता मिति तथा दर्ताको प्रमाणपत्र जारी गरिएको मिति, र
(द) पानी जहाजको परिचयको निमित्त आवश्यक पर्ने उपलब्ध भएसम्मका अरु
विवरण ।