नियम ४५
विवरण, सूचना तथा प्रतिवेदन

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–६ बमोजिमको ढा“चामा खोजतलास कार्यको प्रगति विवरण प्रत्येक पा“च पाँच महिनामा विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसुची–९ बमोजिमको ढा“चामा खनिज पदार्थको वार्षिक उत्पादन प्रगति विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(३) अनुमतिपत्र प्राप्त व्यक्तिले देहाय बमोजिमको विवरण वा प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नुपर्नेछः–
(क) खनिज सँचिति तथा खनिज सम्पदा सम्बन्धी विवरण ।
(ख) खनिज उत्पादन र विक्री वितरण सम्बन्धी विवरण ।
(ग) मेशिनरी तथा यन्त्र उपकरण सम्बन्धी विवरण ।
(घ) कर्मचारी तथा कामदार सम्बन्धी विवरण ।
(ङ) विभिन्न खनिज कार्यको लागत, आम्दानी खर्च सम्बन्धी विवरण ।
(च) अन्य आवश्यक विवरण र प्रतिवेदन ।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्यको सिलसिलामा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएमा वा हुन सक्ने देखेमा सोको बचावटको आवश्यक व्यवस्था गरी छिटो साधानद्वारा सोको सम्पूर्ण विवरण सहितको सूचना विभाग समक्ष दिनु पर्नेछ ।