दफा ६
विवाह दर्खास्त किताब
: (१) विवाह अधिकारीले दफा ५ बमोजिम प्राप्त दर्खास्तको व्यहोरा तोकिएको ढाँचाको विवाह दर्खास्त किताबमा चढाई प्राप्त दर्खास्त आफ्नो कार्यालयको अभिलेख (रेकर्ड) मा राख्नु पर्छ । त्यस्तो दर्खास्त किताब निरीक्षण गर्न चाहने जो सुकैलाई निशुल्क देखाउनु पर्छ ।
(२) विवाह अधिकारीले दफा ५ बमोजिम दर्खास्त प्राप्त भएको सात दिन भित्र विवाह गराउने वा गराउन इन्कार गर्ने कुराको निर्णय गर्नुपर्छ ।
(३) विवाह अधिकारीले प्रस्तावित विवाह प्रचलित नेपाल कानूनको विपरित हुने देखी विवाह गराउन इन्कार गरेमा प्रस्तावित विवाहका कुनै पक्षले सो इन्कारीको तीस दिन भित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ । यस्तोमा जिल्ला अदालतको निर्णय अन्तिम हुनेछ र विवाह अधिकारीले जिल्ला अदालतको निर्णय बमोजिम गर्नेछ ।