दफा १०
विवाहको दर्ता
: (१) दफा ८ बमोजिम विवाह भएपछि विवाह अधिकारीले तोकिएको ढाँचाको विवाह दर्ता किताबमा व्यहोरा खुलाई दर्ता गर्नु पर्छ र सो दर्ता व्यहोरामा विवाहका पक्षहरु र साक्षीहरु तथा विवाह अधिकारीले सहिछाप गर्नु पर्छ ।
(२) त्यस्तो दर्ता यो ऐन बमोजिम विवाह भएको तथ्यको प्रमाण हुनेछ ।
(३) त्यस्तो दर्ता भएपछि विवाह अधिकारीले तोकिदिएको ढाँचामा विवाहका पक्षहरुलाई विवाहको प्रमाण–पत्र दिनेछ ।
(२) त्यस्तो दर्ता यो ऐन बमोजिम विवाह भएको तथ्यको प्रमाण हुनेछ ।
(३) त्यस्तो दर्ता भएपछि विवाह अधिकारीले तोकिदिएको ढाँचामा विवाहका पक्षहरुलाई विवाहको प्रमाण–पत्र दिनेछ ।