दफा ३क
विविध विषयको लेखापरीक्षणः
(१) महालेखापरीक्षकले यस ऐन बमोजिम लेखापरीक्षण गर्नुपर्ने सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संगठित संस्था वा अन्य संस्थाको वित्तीय लेखापरीक्षणको अतिरिक्त कार्यमूलक, सूचना प्रविधि, विधिविज्ञान, लैगिक, वातावरणीय जस्ता विषयको लेखापरीक्षण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको लेखापरीक्षणको विधि, तरिका, क्षेत्र र परीक्षण गर्ने कुराहरु महालेखापरीक्षकले तोकिदिए बमोजिम हुनेछ ।
३ख. सामयिक लेखापरीक्षणः (१) महालेखापरीक्षकले यस ऐन बमोजिम लेखापरीक्षण गर्नुपर्ने सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संगठित संस्था वा अन्य संस्थाको सामयिक लेखापरीक्षण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको सामयिक लेखापरीक्षणको विधि, तरिका, क्षेत्र र परीक्षण गर्ने कुराहरु महालेखापरीक्षकले तोकिदिएबमोजिम हुनेछ ।