दफा ५६
विशेष अधिकार
(१) यस ऐन अन्तर्गतको वन सम्बन्धी कसूरमा संलग्न कसूरदार वन क्षेत्रभित्र वा बाहिर पक्रन लाग्दा पक्रन नदिने वा पक्रिसकेपछि पनि निजलाई छुटाई लैजान कसैले हूलहुज्जत गरी कसूरदारलाई भगाई लैजाने अवस्था परी पक्रनेकै ज्यान जोखिम हुने परिस्थिति भई हतियार नचलाई नहुने अवस्था पर्न आएमा वन सुरक्षाको लागि खटिएका कर्मचारीले घुडा मुनी लाग्ने गरी गोली चलाउन सक्नेछ ।
(२) राष्ट्रिय वन क्षेत्रको जग्गा कसैले आवाद गरेको वा त्यस्तो जग्गामा घर, छाप्रो बनाइसकेको भए पनि डिभिजनल वन अधिकृत निजले तोकेको वन अधिकृत वा वन सहायकले सो आवादी हटाउन वा घर, छाप्रो भत्काउन सक्नेछ र बाली समेत जफत गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐनले हुने अरु सजायमा सो उपदफामा लेखिएको कुराले कुनै असर पार्ने छैन ।