दफा ३७
विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने
(१) मतदान केन्द्रमा कुनै असामान्य
परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा आफ्नो काबूबाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान केन्द्रमा नियुक्त मतदान अधिकृत विश्वस्त भएमा निजले सो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्नेछ र सोको सूचना सोही स्थानमा प्रकाशन गर्नेछ ।
(२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुन मतदान हुने मिति र समय तोकी सूचना प्रकाशित गरी पुन मतदान गराउनेछ ।