दफा ८८ञ
विशेष प्रशाषन समूहले बैंकवा वित्तीय संस्था नियन्तणम लिएपछिको असर
(१) विशेष प्रशाषन समूहले वाणिज्य बैंकवा वित्तीय संस्था आफ्नो नियन्तणका लिएपछि दफा ८८झ. बमोजीम भुक्तानी प्राप्त गर्न नसक्ने सो संस्थाका निक्षेपकर्ता तथा साहुहरुको दाबी र कुनै लेनाको सम्बन्धमा उक्त संस्थाको सम्पत्ती माथिको अधिकार कायम गर्ने कुनै पनि कार्य स्वतः स्थगन हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समाशोधन, भुक्तानी र फछ्र्यौट प्रणालीमा सलग्न व्यक्तिसँगको कारोबार तथा सम्पत्ती हस्तान्तरण सम्बनधी कार्य र फरफारखको प्रक्रियासंग सम्बन्धित नभएका काम कुराहरु स्थगन भएको मानिने छैन ।
(३) वाणिज्य बैंकवा वित्तीय संस्थालाई फरफारखको प्रक्रियामा लैजाने प्रयोजनको लागि विशेष प्रशाषन समूह गठन हुनुभन्दा छ महिना अगावै त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्था उपर कुनै दायित्व वा सुरक्षणको अधिकार सिर्जना भएकोमा बाहेक त्यस्तो वाणिज्य बैंकवा वित्तीय संस्थाको कुनै सम्पत्ती, दायित्व वा सुरक्षण उपर कसैको अधिकार सिर्र्जना भएको मानिने छैन ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि फरफारखको प्रक्रिया चलिरहेको वाणिज्य बैंकवा वित्तीय संस्थाको सम्पत्तीमाथि विशेष प्रशाषन समूहले सिर्जना गरेको कुनै प्रकारको दायित्व वा सुरक्षणलाई बाधा पु¥याएको मानिने छैन ।
(५) विशेष प्रशाषन समूह गठन भएपछि सम्बन्धित वाणिज्य बैंकवा वित्तीय संस्थाको शेयरधनी वा अन्य कुनै प्रकारको स्वामित्व रहेका व्यक्तिको सम्पूर्ण अधिकार फरफारखको प्रक्रिया समाप्त नभएसम्म स्वतः निष्क्रिय हुनेछ ।
(६) विशेष प्रशाषन समूह गठन भई फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैंकवा वित्तीय संस्थाको हकमा धितोपत्र सम्बन्धी प्रचलित कानूनमा रहेका व्यवस्था लागू हुने छैन ।