नियम १४
विशेष राहदानी जारी गर्न सकिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यक्रमको महत्व, कार्यक्रममा सम्बन्धित व्यक्तिको सहभागिताको सान्दर्भिकता, मुलुकको हितका लागि सम्बन्धित व्यक्तिले खेल्न सक्ने भूमिका तथा राष्ट्रिय जीवनमा निजको योगदान समेतको आधारमा कुनै व्यक्ति वा पदाधिकारीलाई विशेष राहदानी दिने गरी “परराष्ट्र मन्त्रीबाट निर्णय भएमा विभागले त्यस्तो व्यक्ति वा पदाधिकारीको नाममा विशेष राहदानी जारी गर्न सक्नेछ ।