दफा १८
विशेषज्ञ सेवा
ऐनको दफा ५९ बमोजिम बीमकले कुनै व्यक्ति वा संस्थासँग देहाय बमोजिमको विशेषज्ञ सेवा लिँदा प्राधिकरणको स्वीकृति लिनु पर्नेछ:-

(क) बीमाङ्गीय सेवा,

(ख) विस्तृत लेखापरीक्षण सेवा,

(ग) विदेशी दलाल, पुनर्बीमक र अन्य बीमा सेवा प्रदायक बाहेक अरु विदेशी प्राकृतिक व्यक्ति वा सङ्गठित संस्थासँग लिने कुनै सेवा।