दफा २०
विश्वविद्यालय कोष र त्यसको सञ्चालन र प्रयोग
(१) विश्वविद्यालयको एक कोष रहनेछ, जसमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारले विश्वविद्यालयलाई दिएको रकम,
(ख) विश्वविद्यालयले सापटी लिएको रकम,
(ग) विश्वविद्यालयको लागि प्राप्त सबै रकम,
(घ) विश्वविद्यालयको लागि दान दातव्य र आर्थिक सहायता स्वरूप दिइएको रकम, र
(ङ) मासिक शुल्क तथा अन्य स्रोतबाट प्राप्त रकम ।
(२) विश्वविद्यालय कोषको रकम तोकिएको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) उक्त कोषको संचालन तोकिएबमोजिम हुनेछ ।
(४) विश्वविद्यालयको रकम तोकिएको काममा प्रयोग गरिनेछ ।