दफा ११
विश्वविद्यालय परिषद्को काम, कर्तव्यर अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त विश्वविद्यालय परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विश्वविद्यालयको प्राज्ञिक, शैक्षिक, व्यवस्थापकीय, व्यावसायिक तथा अन्य
आवश्यक नीति तथा मापदण्ड निर्धारण गर्ने,
(ख) विश्वविद्यालयको उद्देश्य अनुरूप विशिष्टीकृत विश्वविद्यालयको रूपमा विकास
गर्न अल्पकालीन तथा दीर्घकालीन योजना तथा रणनीति स्वीकृत गर्ने,
(ग) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने,
(घ) विश्वविद्यालयको लागि आवश्यक पर्ने नियम स्वीकृत गर्ने,
(ङ) विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने वा गराउने,
(च) विश्वविद्यालयबाट प्रदान गरिने उपाधिहरू निर्धारण र प्रदान गर्ने,
(छ) अनुसन्धानकर्ता, कर्मचारी र शिक्षकको सेवाका शर्त, तलव तथा सुविधा
निर्धारण गर्ने,
(ज) विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने स्कूल, कलेज, अनुसन्धान केन्द्र, उत्पादन केन्द्रको स्थापना र शिक्षण अस्पतालको सञ्चालन तथा नयाँ कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने,
(झ) विश्वविद्यालयको प्राज्ञिक मूल्य र मान्यतालाई संरक्षण र सम्वर्द्धन गर्ने, र
(ज) विश्वविद्यालयको कार्य सुचारु रूपले सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने।