दफा
विश्वविद्यालय परिषद्‌
(१) विश्वविधालयको सर्वोच्च निकायको रूपमा एक विश्वविद्यालय परिषद्‌ रहनेछ।
(२) विश्वविद्यालय परिषद्मा अध्यक्ष र देहाय बमोजिमका सदस्यहरू रहनेछन्‌:- (क) कुलपति - सदस्य
(क१) राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य _सदस्य
(ख) सचिव वा निजले तोकेको
सहसचिव, मन्त्रालय - सदस्य
(ख१) सचिव, नेपाल सरकारको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालय सदस्य
(ग) डीन - सदस्य
(घ) विश्वविद्यालयका प्राध्यापकहरू मध्येबाट एकजना - सदस्य
(ङ) सचिव, शिक्षा विषय हेर्ने मन्त्रालय, प्रदेश नं. १ - सदस्य
(च) महानिर्देशक, वनस्पति विभाग - सदस्य
(छ) महानिर्देशक, आयुर्वेद विभाग - सदस्य
(ज) आयुर्वेद क्षेत्रका विज्ञहरू मध्येबाट चारजना - सदस्य
(झ) योग, ध्यान, वैकल्पिक चिकित्सा र जडिबुटी क्षेत्रका विज्ञहरू मध्येबाट जडिबुटी क्षेत्रका विज्ञहरू तथा परम्परागत उपचार सम्बन्धी ज्ञान भएका व्यक्तिहरू मध्येबाट विधागत प्रतिनिधित्व हुने गरी चारजना - सदस्य
(ज) बिज्ञान तथा प्रविधि, व्यवस्थापन, कानून वा चिकित्सा क्षेत्रका विज्ञहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ज१)शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्ति वा आयुर्वेद चिकित्सा विधामा राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त विज्ञमध्येबाट विश्वविद्यालय परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित तीन जना -सदस्य
(ज२) शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्ति वा आयुर्वेद चिकित्सा विधामा राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त विज्ञमध्येबाट यो खण्ड प्रारम्भ भए पछि पहिलो पटकको हकमा अध्यक्षबाट र त्यसपछिको हकमा विश्वविद्यालय परिषद्बाट मनोनीत कम्तीमा दुईजना महिला सहित चार जना सदस्य

(ट) प्रदेश नं. १ को प्रदेश सरकारबाट मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना - सदस्य
(र) खाँदबारी नगरपालिका, महालक्ष्मी नगरपालिका र षडानन्द नगरपालिकाबाट मनोनीत एक-एकजना गरी तीनजना - सदस्य
(ड) धनकुटा, भोजपुर र संखुवासभा जिल्लाका अनुसूची-२ मा उल्लेख भए बमोजिमका स्थानीय तहको क्रमानुसार क्रमशः मनोनयन हुने
गरी सम्बन्धित स्थानीय तहबाट मनोनीत चारजना - सदस्य
(ढ) आयुर्वेद वा जडिबुटी सम्बन्धी उद्योगी, व्यवसायीहरू मध्येबाट कम्तीमा एकजना महिला सहित तीनजना - सदस्य
(ण) रजिष्ट्रार - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ज),
(झ),
(ज)-र (ढ) बमोजिमका सदस्यको मनोनयन विश्वविद्यालय परिषद्ले गर्नेछ।
तर यो ऐन प्रारम्भ भएपछि पहिलो पटकको लागि मन्त्रालयले मनोनयन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम सदस्यको मनोनयन गर्दा सबै प्रदेशको प्रतिनिधित्व समेतलाई विचार गर्नु पर्नेछ।
(५) उपदफा (२) को खण्ड (ड) बमोजिम मनोनीत हुने सदस्य बाहेक अन्य मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ।
(६) उपदफा (२) को खण्ड (ड) बमोजिमका सदस्यको पदावधि एक वर्षको हुनेछ।
तर त्यस्तो सदस्य अध्यक्षमा छनोट भएमा निजको पदावधि चार वर्षको हुनेछ र निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ।
(७) उपदफा (२) बमोजिम मनोनीत सदस्यको योग्यता देहाय बमोजिम हुनेछः-
(क) पैंतीस वर्ष उमेर पूरा भएको,
(ख) उपदफा (२) को खण्ड (ज,), (झ,), (ज), (ज१), (नजर) र्‌ (ढ) बमोजिमका सदस्यको हकमा मान्यताप्राप्त कुनै विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री बितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको,
(घ) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्ति वा मनोनयनको लागि अयोग्य नरहेको,
(ङ) प्रदेश सरकारबाट मनोनीत हुने व्यक्ति सम्बन्धित प्रदेश र स्थानीय तहबाट मनोनीत हुने व्यक्ति सम्बन्धित स्थानीय तहको हुनु पर्ने, र (च) उच्च नैतिक चरित्र भएको ।
(८) उपदफा (२) बमोजिम मनोनीत कुनै सदस्यको पद रिक्त भएमा त्यस्तो सदस्य जुन प्रक्रियाबाट मनोनयन भएको हो सोही प्रक्रियाबाट अर्को व्यक्तिलाई रिक्त पदमा मनोनयन गरिनेछ।
(९) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि समाप्त हुनुभन्दा छ महिना अगावै यस दफा बमोजिम मनोनयन प्रक्रिया प्रारम्भ गर्नु पर्नेछ।
(१०) विश्वविद्यालय परिषद्का सदस्यहरूले उपदफा (२) को खण्ड (ज), झ),(), (ज१), (ज२), हट), (छ), (ड) र (ढ) मनोनीत सदस्यहरू मध्येबाट अध्यक्षको छनोट गर्ने छ्न्‌।
तर विश्वविद्यालय परिषद्को अध्यक्षमा विदेशी नागरिक छनोट गर्न सकिने छैन।
(११) .......
(१२) विश्वविद्यालय परिषद्को कुनै सदस्य मनासिब कारण बाहेक बा अध्यक्षलाई पूर्व जानकारी नगराई विश्वविद्यालय परिषद्को बैठकमा लगातार तीन पटक अनुपस्थित भएमा त्यस्तो सदस्य आफ्नो पदबाट स्वतः मुक्त हुनेछ।