दफा २९
विश्वविद्यालयको कोष

(१) विश्वविद्यालयको आफ्नो एउटा छुटृै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्ः–

(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,

(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा, दान, दातव्य वा आर्थिक सहायता स्वरूप प्रदान गरेको रकम,

(ग) विदेशी सरकार, अन्तरराष्ट्रिय संघ, संस्था, वित्तीय सस्था वा व्यक्तिबाट ऋण एवं सहयोग स्वरूप प्राप्त रकम,

(घ) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको कुनै रकम प्राप्त गर्नु अघि विश्वविद्यालयले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

(३) विश्वविद्यालयको कोषको रकम तोकिएको बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(४) विश्वविद्यालयको खाताको संचालन तोकिएबमोजिम हुनेछ ।