दफा १०
विश्वविद्यालयको संगठन
(१) कुलपति, सह–कुलपति, केन्द्रीय कार्यालय, सेवा आयोग, अनुसन्धान केन्द्र, आङ्गिक विद्यापीठ र सम्बन्धन प्राप्त विद्यापीठहरूको सामूहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ ।
(२) उच्च शिक्षाको लागि तोकिएका विषयहरूमा तोकिएका विद्यापीठहरू रहनेछन् ।
(३) विद्यापीठको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।