दफा ३
विश्वविद्यालयको स्थापनाः
(१) संस्कृतको उच्च शिक्षा सञ्चालनको लागि एक विश्वविद्यालयको स्थापना हुनेछ ।
(२) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक संगठित संस्था हुनेछ । यस कामको निमित्त आफ्नो एउटा छाप हुनेछ र यसले चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न, धितो बन्धक राख्न र बेचविखन गर्न समेत सक्नेछ । यसले आफ्नो नामबाट नालेस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालेस उजुर लाग्न सक्नेछ ।
(३) विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहनेछ ।