दफा २९
विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
देहायको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूलाई तोकिएबमोजिम विश्वविद्यालयमा भर्ना गरिनेछः–
(क) तोकिएको विषय र स्तरमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कूल लिभिङ्ग सर्टिफिकेट एक्जामिनेशन), वा
(ख) खण्ड (क) मा उल्लेखित परीक्षाको समान भनी विश्वविद्यालयले तोकेको अरू कुनै परीक्षा ।