दफा २१
विषय समितिको काम, कर्तव्य र अधिकार
विषय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) शिक्षण विभागसँग सम्बन्धित विषयहरूको पाठ्यक्रम निर्धारण, अनुमोदन तथा संशोधन गर्न विद्या परिषद्मा सिफारिस गर्ने,
(ख) पाठ्यवस्तु र प्रश्नपत्रको ग्रीडको प्रारूप तयार गरी विद्या परिषद्मा सिफारिस गर्ने,
(ग) विद्यार्थी भर्नाका लागि निर्धारण गरेको योग्यताको आधारमा विद्यार्थी प्रवेशका लागि न्यूनतम योग्यता, छनोटको आधार र प्रक्रिया तथा सिट सङ्ख्या विद्या परिषद्मा सिफारिस गर्ने, र (घ) कलेजहरूमा सञ्चालित शैक्षिक तथा अनुसन्धान सम्बन्धी कार्यक्रमहरूको मूल्याङ्कन पद्धति र साधनको विकास गरी विद्या परिषद्मा सिफारिस गर्ने।