नियम १७
विषादी निरीक्षकलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने

१७. विषादी निरीक्षकलाई परिचयपत्र उपलब्ध गराउनु पर्ने

(१) ऐनको दफा १३ बमोजिम नियुक्त भएका विषादी निरीक्षकहरूको पहिचानको लागि श्री नेपाल सरकारले निजहरूलाई कर्मचारी परिचयपत्र उपलब्ध गराउनेछ ।
(२) ऐन र यस नियमावली बमोजिम निरीक्षकले आफ्नो कर्तव्यको पालन गर्दा वा आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दा कसैले निजको परिचयपत्र हेर्न खोजेमा उपनियम (१) बमोजिम निजले प्राप्त गरेको कर्मचारी परिचयपत्र देखाउनु पर्नेछ ।