दफा
विषादी पंजीकरण गर्ने निकायको काम, कर्तव्य र अधिकार

ः (१) विषादी पंजीकरण गर्ने निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) विषादी पंजीकरण गर्नको लागि प्राप्त हुन आएका निवेदनहरु उपर छानबीन गरी उपयुक्त ठहरिएका विषादीको पंजीकरण गर्ने र प्रमाणपत्र दिने ।
(ख) विषादीको सक्षम, विवेकपूर्ण र उचित प्रयोगको लागि पूर्वाधार तयार गर्ने ।
(२) विषादी पंजीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकार र विषादी पंजीकरण गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।